स्रोत : एभिन्यूज टेलिभिजन
धनुषा र सिराहामा भएको एउटा विवाह । त्यो विवाह गत वर्षकै हो, र पीडित परिवारका सदस्यले गुनासो गरेपछि हामीले यसको छायांकन पनि केही समय अघि नै गरेका थियौं । जुन विवाहमा भएको तामझाम औसत भन्दा धेरै माथि थियो । हुन त, तराईका जिल्लाहरुमा विवाहमा अनावश्यक फजुल खर्च गरिनु नौलो कुरा होइन, तर हामीले देखाइरहेको विवाह अन्य झन्दा फरक छ ।