×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण सुवेदीको हत्या गरेको आरोप लागेपछि यस्तो आयो दिपकराज गिरीको प्रतिक्रिया !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कृष्ण सुवेदीको हत्या गरेको आरोप लागेपछि यस्तो आयो दिपकराज गिरीको प्रतिक्रिया !

Artha Sarokar

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका खबर पछी यसलाई दीपक राज गिरीले उनको हत्या गरेको भन्ने आरोप सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले लगाएपछी दीपक राज गिरीले यस्तो प्रतिक्रिया दिएका छन् :

207O सालमा “छ एकान छ” पाइरेसी भयो
उजूरी गरे , ब्यक्ति समातियो पनि… कारबाहि गर्नु पर्ने तर एउटा गरिब मजदूरी गरेर खाने परिवारको केटा परेछ.. उस्को आमालाइ देखेर आफ्नै ऑखामा ऑशु आयो , प्रहरी लाइ अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोड़ी दियौ……
यो पटक स्वर्गीय कृ्ष्ण सुबेदी सहित ४ यूबा समातिय 
अपराध महाशाखा प्रमुख सर्बेन्द्र ज्यू र मैले ” पाइरेसी गरेता पनि पैसा कमाउने नियतमा पाइरेसी भाको देखिन्न त्यसैले कार्बाहि नगरौ, केटाहरूको भबिष्य बिगरिन्छ भनेर सामान्य तारिक मा छोडियो, आइतबार देखि त त्यो तारिक बाट पनि मुक्त भैसकेको अबस्था थियो……वारवार सामाजिक संजालमा यूबाहरू लाइ आग्रह पनि गरि रहेको हुन्छू.. कृपया यस्ता साम्ग्री हात पर्दा नहेर्नु राम्रो , हेरे पनि शेयर वा ट्याग नगरौ त्यसले तपाइको पनि भबिष्य बिग्रन सक्छ cyber act ले समात्छ भनेर
यो बिषयमा पनि उदारता देखाएरै केटाहरूलाइ मुद्दा नचलाइ सम्झाएर छोडिएको हो , आफ्नै क्षति हूदॉ हूदै पनि हामिले हदै सम्मको नरम ब्यबहार प्रस्तुत गरेकै हो…. त्यसमाथि अहिले केहि ब्यक्तिहरू ले सामाजिक संजालमा केहि अत्यन्तै असंबेदनशील भइ छक्का पन्जालाइ यस्को भागीदार भएको आरोप पनि लगाइरहेछन् , त्यस्ले थप मर्माहित तुल्याएको छ हामिलाइ …एकातिर चलचित्रको पाइरेसी, अर्को तिर यूवाको मृत्यू को पिडा त्यस्माथि यो असंबेदनशील आरोप … 
खाएको बिष मात्रै लाग्नु पर्ने हो.. एकातिर मृतकको परिवार को पिडा सम्झेर दुखित छू, अर्को तिर यस्ता संबेदनाहीन आरोपले मर्माहित तुल्याएको छ..
मृत्यू हो, हत्या हो वा अरू नै केहि कारण हो प्रहरीले अनुशन्धान गरिरहेको छ , प्रहरीले पाइरेसी आरोपमा सफाइ दिइसकेको अबस्थामा यूबकको मृ्त्यू भएको छ , मृत्युको सहि कारण के हो पछि अनुशन्धानबाट खुल्ने नै छ 
केहि मिडियाले पनि TRP oriented news लेखिरहेका छन् अत: यो संबेदनशील र मुश्किलको समयमा मन देखि भन्न चाहन्छू हाम्रो १% पनि गल्ति साबित भए हामि सजाए भोग्न तैयार छौ 
तर मिथ्या आरोप लगाएर थप पिडा नदिन आग्रह गर्छौ
हामिलाइ सहयोग , साथ र पिडामा पनि हौसला दिने लाखौ साथिहरू लाइ धन्यबाद भन्न चाह्नछौ !!!

आत्महत्या गर्नुअघि कृष्णले एक सुसाईड नोट लेखेका थिए । जुन सुसाईड नोटमा यस्तो लेखिएको छ :
“यो मृत्यु होईन हत्या हो । एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आईरहेको थियो । आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैंयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै नै लेखेको थिएँ ।”

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी