काठमाडौं – राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंक (Deprosc Development Bank Limited) ले आफ्ना शेयरधनीलाई एक बराबर एक अर्थात शत प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनी (DDBL) लाई हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ ।कम्पनीको गत असारमा सम्पन्न विशेष साधारणसभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल २५ करोड ७९ लाख रुपैंया चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर वितरण पश्चात चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ । गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस वितरण गरेको कम्पनीको बोनस समेत जोड्दा बैंकको पुँजी ६० करोड नाघ्नेछ ।