×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवःविकास बैंकको खुद नाफा १४ करोड पुग्यो

PRIME CA

देवःविकास बैंकको खुद नाफा १४ करोड पुग्यो

अर्थ सरोकार

प्रकाशित मिति : ६ माघ २०७३, बिहीबार

  • अर्थ सरोकार संम्वाददाता
काठमाडौं – देवः विकास बैंकले दोस्रो त्रैमासमा चामत्कारिक नाफा गरेको छ । १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएर देवःले आफूलाई अब्बल विकास बैंकको दर्जामा पुर्याउने प्रयत्न गरेको छ । यो नाफा रकम गत वर्षको भन्दा आठ करोड ४० लाख आठ हजार रुपैयाँले बढी हो । गत वर्ष दोस्रो त्रैमासमा  बैंकले जम्मा पाँच करोड ६३ लाख ७१ हजार रुपैयाँ मात्र खुद नाफा कमाउन सकेको थियो । खुद ब्याज आम्दानी मनग्ये बढाउन सकेका कारण देवः प्रगतिको पथमा जान सकेको छ । 
बैंकले खुद ब्याज आम्दानी बढाएर २६ करोड दुई लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । यो खुद ब्याज आम्दानी गत वर्षको यही बेलाको भन्दा १० करोड ६६ लाख ४० हजार रुपैयाँले धेरै हो । गत वर्ष यतिबेला देवःको खुद ब्याज आम्दानी जम्मा १५ करोड ३६ लाख ५२ हजार रुपैयाँ मात्र  थियो । बैंकले खराब कर्जालाई पनि घटाएर १।७० प्रतिशतमै सीमित गरिदिएको छ । यो बैंकको अर्को सफलता हो । यसबाट बैंकले प्रवाह गरेका कर्जा सुरक्षित बन्दै गएको देखाउँछ भने अर्कोतिर यसअघि खराब भएका कर्जा पनि उठ्न थालेको बुझ्न सकिन्छ ।
गत वर्ष यही त्रैमासमा बैंकको खराब कर्जा ४।७९ प्रतिशत रहेको थियो । बैंकले निक्षेप संकलन नौ अर्ब भन्दा बढी बनाउँदा कर्जा प्रवाह पनि आठ अर्ब नघाएको छ । गत वर्षको तुलनामा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । यसबाट बैंकको व्यवसाय विस्तार राम्रोसँग अघि बढिरहेको बुझ्न सकिन्छ । चुक्ता पुँजी एक अर्ब ४४ लाख ४० हजार रुपैयाँ रहेको देवःको जगेडा कोषमा भने ४२ करोड ८० लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष भने अझै मजबुत बनाउन आवश्यक छ । 
गत वर्ष दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख ९५ हजार रुपैयाँ मात्र रहेको थियो । राष्ट्र बैंकको प्रावधान अनुसार चुक्ता पुँजी बढाउन बैंकले प्रयत्न गरिरहेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा बार्षिकीकरण रहेको देवःको प्रतिसेयर नेटवर्थ भने एक सय ४२ रुपैयाँ ६२ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: