×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारकर्मीलाई ज्यान मार्ने धम्की !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थ सरोकारकर्मीलाई ज्यान मार्ने धम्की !

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकारका चितवन सम्बाददाता प्रनिश थापालाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ । समुहले सोमबार अश्लील शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको छ । उक्त समुहले सोमबार दिउँसोको ३:३४ बजे सामाजिक सञ्जाल फेसबुक मार्फत थापालाई रानाले गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको हो ।
फेसबुकमा उनलेे जुनसुकै समयमा पनि टाउको काटेर फालिदिने चेतावनी दिएका छन् । रानाले थापालाई बारम्बार धम्की दिएपछि उनी र उनका परिवार अहिले त्रासमा छन् । धम्की दिएलगत्तै रानाले सामाजिक सञ्जाल फेसबुकबाट थापालाई ब्ल्क गरिदिएका छन् । थापाले यसबारे इलाका प्रहरीलाई खबर गरेका छन् भने प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ । 
उनले लाइसेन्स विना प्रहरीले बाइक चलाएको भन्ने समाचार लेखेपछी नीज प्रहरीलाई कारवाही गरिएको थियो भने  प्रहरी अशुलीधन्दामा लागेको भन्ने समाचार लेखेका थिए । हाल थापा अर्थ सरोकार डटकम, आर्थिक दैनिक र चिंतवनबाट प्रकाशित हुने भन्डाफोर साप्ताहिकमा कार्यरत छन् ।

यता उनलाई रोशन तामांग बताउने एक युवाले समेत धम्कि दिएको थापाले बताएका छन् । सोमबार साँझ ९८२१२२७८८७ नम्बरबाट उनलाई धम्कि दिएका हुन् । आफु चितवन – भरतपुर उपमहानगरपालिकाबाट बोलेको भन्दै अश्लील सब्द बोल्दै धम्कि दिएका हुन् ।    

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: