×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्रको दोस्रो बजारमा १ हजार भन्दा बढी कम्पनीको संस्थागत लगानी

PRIME CA
GLOBAL IME BANK

धितोपत्रको दोस्रो बजारमा १ हजार भन्दा बढी कम्पनीको संस्थागत लगानी

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौैं – धितोपत्रको दोस्रो बजारमा १ हजार भन्दा बढी कम्पनीले संस्थागत रुपमा लगानी गरिरहेको भेटिएको छ । हालसम्म ३ सयवटा कम्पनी सेयर बजारमा लगानीगर्ने उद्देश्य सहित स्थापना भएपनि गैरकानुनी रुपमा अन्य कम्पनीले पनि लगानी गरिरहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।
धितोपत्र बोर्डले केही समय अघि धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने कम्पनीको वारेमा एक अध्ययन गरेको थियो । सो अध्ययन अनुसार सेयर बजारमा लगानी गर्ने उद्देश्य नराखी स्थापना भएको कम्पनीले पनि सेयर बजारमा लगानी गरिरहेको भेटिएको बोर्डले जनाएको छ ।
हाल सेयर बजारमा संस्थागत लगानी गर्ने कम्पनीमध्ये झण्डै २ तिहाइभन्दा बढी कम्पनीले उद्देश्यभन्दा वाहिर गएर लगानी गर्दै आएको बोर्डको रिपोर्टले देखाएको छ । साथै, अध्ययनको क्रममा एउटै व्यक्ति कार्यकारी प्रमुख रही २० वटासम्म कम्पनी संचालन गरिरहेको भेटिएको समेत बोर्डले जानकारी दिएको छ ।
लगानीकर्ताको अनुशासित एवं विवेकशील संलग्नताबाट धितोपत्र बजार स्वच्छ, प्रभावकारी र विश्वासिलो बनाउन बोर्डले दोस्रो बजारमा लगानी गर्ने कम्पनीको वारेमा प्रारम्भिक अध्ययन गरेको थियो । बोर्डले अध्ययनका क्रममा बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीमार्फत सेयर कारोबार गरिरहेका लगानी कम्पनी सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: