Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकले गर्यो धुर्मुस सुन्तलीलाई १५ लाख सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नमुना बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ सहयोग गर्न लागेको प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश खनालले बताए।  
बैंकको स्वर्ण जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौु शुक्रबार आयोजित स्वर्ण जयन्ती समारोहमा सिइओ सिटौलाले भने। कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्प प्रभावित क्षेत्र काभ्रेको डाँडागाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती निर्माण गरेका थिए।
उनीहरुले शितलहरबाट प्रभावित महोत्तरी जिल्लामा नमुना बस्ती निर्माणको घोषणा गरेका छन्।   बैंकले बिभिन्न क्षेत्रबाट योगदान गर्ने चार जनालाई पनि सम्मान गरेको छ। 
साहित्य क्षेत्रबाट कृष्ण धरावासी, खेलकुदबाट हरि पराजुली र दीपक सापकोटा र संगीत क्षेत्रमा शक्ति वल्लभ श्रेष्ठलाई वर्षको चर्चित व्यक्तिको रुपमा सम्मान गरेको छ। स्वर्ण जयन्तीको अवसरमा २० वर्ष सेवा गरेका १३ जना र २५ वर्ष सेवा गरेका १८ जना कर्मचारीलाई पनि सम्मान गरेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK