
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – महोत्तरी जिल्ला, बर्दिवास–२ को मुसहर बस्तीलाई नमुना बस्ती बनाइने घोषणा गर्ने हास्यकलाकारद्वय धुर्मुस, सुन्तली र उहाँहरु आबद्ध धुर्मुस–सुन्तली फाउन्डेसनलाई स्थानीय पशुपतिनगरका तरकारी उत्पादक किसानले रु ५० हजार सहयोग गरेका छन् ।
फाउन्डेसनको घोषणालाई सघाउन नमुना मुसहर बस्ती निर्माण सहयोग समिति नै गठन गरेर आफ्नो बस्तीमा स्वेच्छिक सहयोग सङ्कलन गरिएको समितिका संयोजक सुरजसिंह कुशवाहाले बताए ।
यसैगरी बर्दिबास—२ का सामाजिक कार्यकर्ता गोविन्द पौडेलले रु २५ हजार, नेपाल पत्रकार महासङ्घ महोत्तरीबाट रु ११ हजार र सञ्चारकर्मी राजकरण महतोबाट रु १० हजार सहयोग प्राप्त भएको फाउन्डेसनका कार्यक्रम संयोजक अर्जुन न्यौपानेले जानकारी दिए।
त्यस्तै बर्दिबास अस्पतालका स्वास्थ्यकर्मी तथा गीतकार जीवनाथ पोखरेलले नमुना मुसहर बस्ती निर्माणका लागि बर्दिबास क्षेत्रका कर्मचारीले अभियान नै सुरु गरेको बताए । बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले त भौतिक सहयोग मात्र नभई आफूहरू बस्ती निर्माणमा श्रमदानसमेत गर्ने बताइसकेका छन् ।
यता बर्दिबास उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतमले स्थानीय उद्यमीव्यापारी फाउन्डेसनको घोषणालाई हरतरहबाट सहयोग गर्न तयार रहेका बताए ।
फाउन्डेसनले एकीकृत मुसहर नमुना बस्ती निर्माण गर्ने घोषणा गरेसँगै महोत्तरी जिल्ला र अन्य क्षेत्रबाट बढेको सकारात्मक चासोले उत्साहित बनाएको न्यौपानेले बताए ।
यसैबीच मुसहर बस्तीका पुराना घरटहरा हटाएर मुसहरहरुलाई पालमा सार्ने काम सकिएको छ । सडक, बिजुली, खानेपानीसहितका पूर्वाधारको बाल, अपाङ्ग, वृद्धवृद्धा र वातावरणमैत्री नमुना बस्ती निर्माणको शिलान्यास यही पुस २५ गते गरिने छ । फाउन्डेसनले २०७४ सालको नयाँ वर्षकै दिन ५० घरपरिवारका मुसहरलाई नयाँ वर्षको उपहारस्वरुप नयाँ घर हस्तान्तरण गर्ने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्