×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्दी भाषा गंगा नदी जस्तै पवित्र छ : आपूर्ति मन्त्री बोहोरा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिन्दी भाषा गंगा नदी जस्तै पवित्र छ : आपूर्ति मन्त्री बोहोरा

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – आपूर्ति मन्त्री दीपक बोहराले हिन्दी भाषा गंगा नदी जस्तै पवित्र रहेको बताएका छन् ।  ‘हिन्दी वैज्ञानिक भाषा हो, यो भाषा जसरी बोलिन्छ, त्यसरी लेखिन्छ’ भन्दै उनले हिन्दी र नेपाली भाषा दिदी वहिनीको रुपमा रहेको उल्लेख गरे ।
हिन्दी दिवसको उपलक्ष्यमा नेपालका लागि भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले हिन्दी भाषाले अरु अरु भाषालाई जोडेर समृद्ध भएको धारणा राखे ।
प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख उषा ठाकुरले नेपालमा ९० प्रतिशतले हिन्दी भाषा प्रयोग गरेको दावी गरिन् भने डा।गंगाप्रसाद अकेलाले हिन्दी भाषा र साहित्यको शुरुवात नेपालबाट भएको दावी गरे ।
त्रिवि हिन्दी विभागकी प्रमुख श्वेता दिप्तीले भारतमा नेपाली भाषाले मान्यता पाइसकेकाले नेपालमा पनि हिन्दी भाषालाई मान्यता दिनुपर्ने राखिन् । हिन्दी भाषालाई नेपालमा कामकामकाजको भाषा बनाउनु पर्ने कुराको विरोध हुनुको कुनै तुक नरहेको समेत उनले टिप्पणी गरिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: