- आज भोली सामाजिक सञ्जालहरुमा महिला दिदीबहिनीहरुलाई जे मन लाग्यो त्यही म्यासेज पठाएर वा सामाजिक सञ्जालमा राखिएका फोटो तथा स्टाटसहरुमा अश्लिल कमेन्ट गर्ने चलनले निकै हैरानी खेप्नु परेको छ।
पहलो पटक इताजा खबरमा प्रकाशित भएको उक्त लेख लाइट नेपाल डटकम, न्युज टिभी नेपाल. इ अपडेट न्युज नेपाल डटकम, हाम्रो नेपाली बजार डटकम, साझा सबाल डटकम, एभरेस्ट अनलाइन डटकम, इन्द्रेणी अनलाइन डटकम, पुर्बेली न्युज डटकमलगायत सयौ ब्लगहरुले समेत साभार गरेको गुगलमा भेटिन्छ ।
पुर्बेली न्युजमा प्रकाशित लेखको कमेन्ट बक्समा अश्लिल कमेन्ट गर्ने एक युवाले सार्बजनिक रुपमा माफी मागेका छन् फेसबुकमा स्टाटस राख्दै बैतडी घर भइ हाल मलेसियामा रहेका मनोज बिस्टले सार्बजनिक माफी मागेका हुन् ।
माफी माग्दै उनले स्टाटसमा भनेका छन् “आदरणीय पत्रकार तथा साहित्यकार दिदी दिया चन्दले लेख्नुभएको र पुर्बेली न्युज डटकममा प्रकाशित भएको लेख (प्रेमीसंगको पहिलो रात)मा मैले जानी नजानी यस्तो अश्लिल र निकृष्ट कमेन्ट गरेको थिए । मेरो त्यस प्रकारको कमेन्टबाट दिदीलाइ पर्न गएको असर प्रती हृदयदेखी नै लज्जित छु । आइन्दा यस प्रकारको गलत व्यवहार, सब्द,भाषा प्रयोग नगर्ने बाचाका साथी सार्बजनिक रुपमै दिदीसंग माफी माग्दछु ।”
पुर्बेली न्युज डटकमले प्रकाशन गरेको लेखमा बैतडी मेलौली ४ घर भइ हाल रोजगारीको शिलशिलामा मलेसियामा रहेका मनोज बिस्ट (Man Ozz Bista)ले अश्लिल कमेन्ट गरेका थिए ।