
- एजेन्सी
आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो ।
त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो चोरीको तुलना सन् १९८३ मा भएको रेसको घोडा सेरगरको अपहरणसँग गरिएको थियो । प्रहरीले क्लेयर्स रकेट ‘सुरक्षित तथा ठीक अवस्था’मा उद्धार गरिएको जनाएको छ । आयरल्यान्डको जासुसी संस्थाको एक विभागका दुई कर्मचारीले यस विषयमा अहिले सोधपुछ गरिरहेका छन् ।
पक्राउ परेकामध्ये दुई अरूलाई चाहिँ क्लोनमेल गार्डा नामका ठाउँमा सोधपुछ गरिएको छ । कुकुरका विषयमा जानकार इयन फच्र्युनले बरामद भएको यो कुकुर ग्रेहाउन्ड रेसिङमा ‘सुपरस्टार’ मानिने बताएका छन् । बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यसलाई फेला पार्नेलाई इनामस्वरूप ५४ हजार युरो दिने घोषणा भएको थियो ।
यस्तो घोषणा किन पनि भएको थियो भने यो कुकुर अहिले साढे दुई वर्षको पनि भएको छैन ।’ उनले यो कुकुर दौडिनका लागि अत्यन्त राम्रो भएको पनि बताएका छन् । ‘यसको दौड अत्यन्त तेज गतिमा हुन्छ,’ फच्र्युनले भनेका छन्, ‘यसका अगाडि अरू प्रजातिका कुकुर खासै राम्रा लाग्दैनन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्