Skip to content
LAXMI SUNRISE BANK

सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने संसदीय समिति सभापतिमा माओवादीकै सांसद

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन्। 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पशुपति चौलागाँईलाई आठ मतले पछि पार्दै उपाध्याय निर्वाचित भएका हुन्। 
लेखा समिति सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने संसदीय समिति हो। बिगतमा यो समितिको नेतृत्व विपक्षि दलले लिने गरेको भए पनि अहिले सत्ता पक्षले जित हासिल गरेको हो।
उपस्थित सदस्य मध्येबाट उपाध्यायले २३ र चौलागाइले १६ मत प्राप्त गरेका छन्। निर्वाचनमा सत्तारुद्ध र प्रतिपक्षी गठनबन्धन भित्र पनि विभाजन देखियो। 
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिपक्षी उम्मेद्वार चौलागाँईलाई मतदान गरेको छ भने एमाले बाहेक विपक्षि गठबन्धनमा रहेका सबै दलले सत्तापक्षीय उम्मेद्वार उपध्यायलाई मतदान गरे। समितिमा रहेका एमालेका १५ सदस्य मध्ये विष्णु पौडेल अनुपस्थित थिए। राप्रपाको दुई सहित चौलागाइले १६ मत पाएका हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK