
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – लगानी योग्य पूँजी तरलता अभाव कम गर्न आजै राष्ट्र बैकबाट ५२ अर्ब रुपैयाँ बैकहरुमा प्रवाह हुने भएको छ। नेपाल धितोपत्र वोर्डले बिहीबार साँझ सेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने व्यवस्था गरेपछि आजै पैसा फिर्ता हुने भएको हो।
नेपाल राष्ट्र बैक र धितोपत्र वोर्डको संयुक्त पहलमा पैसा फिर्ता गर्ने बाटो खुलेको हो। आज नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयरमा परेको पैसा फिर्ता हुन लागेको हो।
हामी आजै पैसा रिलिज गरिदिन्छौुं नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थ सरोकारसँग भने, यसले बजारलाई निकै हसज पार्छ।
यसअघि सेयर बिक्रि बन्द भएको छ कार्यदिनसम्म जम्मा भएको रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था थियो। पुरानो व्यवस्थाले वित्तीय प्रणालीको तरलता व्यवस्थापनमा समस्या आएको भन्दै पैसा राख्नु नपर्ने व्यवस्था गरिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्