काठमाण्डौ – चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको अधिकार कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा। गोविन्द केसीले २१ दिन तीन साता को अल्टिमेटम दिएका छन् ।
त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार क्षेत्रभित्र पारेपछि डा। केसीले शनिबार विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएका हुुन् । आजको नागरिक दैनिकमा खबर छ ।
त्रिविको पछिल्लो कदमले चिकित्सा विषयमा आधारभूत ज्ञान समेत नभएका पार्टी कार्यकर्ताबाट मेडिकल कलेजलाई दिने सम्बन्धन सिट संख्या र शुल्क निर्धारण गर्न खोजिएकोमा डा। केसीले आपत्ति प्रकट गरेका छन् ।