- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली सेयर बजारका फोरमहरुमा बजार घट्ने भविष्यवाणी गरेर चर्चामा आएका दुर्गाप्रसाद काफ्ले अन्तत: पुस्तक लेखनमा लागेका छन् । अर्थसरोकार डटकमसँग कुराकानी गर्दै उनले यस्तो जानकारी दिएका हुन् । ‘फोरमहरुमा मैले लगानीकर्ताहरुलाई सचेत गराउँदा बजार बढाउनुपर्छ भन्ने धेरैले मेरो विरोध गरे । अव पुस्तक प्रकाशनको तयारीमा छु ।’ उनले भने ।
‘लेखनको काम सुरु गरिसकेको छु । ‘ उनी अगाडी भन्छन्, ‘छिट्टै नै लगानीकर्ताहरुलाई सचेत गराउने पुस्तक नेपाली बजारमा आउंदैछ । ‘ पुस्तक कहाँ छाप्ने र कहिले छाप्ने भन्ने टुंगो नलागेको भएपनि छिट्टैनै नेपाली बजारमा दुर्गा प्रसाद काफ्लेको पुस्तक आउने उनको दावी छ ।
‘तपाईंलाइ त मुद्धा समेत हाल्ने कुरा आयो नि ?’ भन्ने अर्थ सरोकार डटकमको प्रश्नमा उनी भन्छन्, ‘मेरो बोल्ने स्वतन्त्रता छ र म बोलीरहन्छु । केहि फरक ढंगले फोरमहरुमा आउने सोचमा छु । मेरो पुस्तक आएपछि ती विरोधीहरुले पनि दुर्गा काफ्ले कस्तो मान्छे हो भन्ने कुरा थाहा पाउँछन् । ‘
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्