×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दुर्गा भागेको छैन र भाग्दैन पनि… सबैलाई चेतना भया…’ (दुर्गा प्रसाद काफ्लेको ब्लग)

  • दुर्गा प्रसाद काफ्ले 

एउटा साप्ताहिक पत्रिकाले दुर्गा प्रसाद काफ्ले पलायन भयो भनेर लेखेछ । अचम्म लाग्यो । म पलायन भएको मैले नै थाहा नपाउने, यो कस्तो अचम्म ! दुर्गा प्रसाद काफ्लेलाई त उ कहिले पनि पलायन भएकोजस्तो लाग्दैन र भएको छैन पनि । म मौन बस्नु भनेको म कमजोर हुनु वा पलायन हुनु हुँदै होइन । त्यसमाथि पनि म मौन भएको पनि छैन । आँधी आउनु भन्दाअघि शान्त भएजस्तै शान्त भएको हो दुर्गा प्रसाद काफ्ले । बजारमा मेरो विरोध गर्ने र मेरो समर्थन गर्ने दुवैथरी मान्छे छन् । त्यहि भएर केहि कुराहरु बताउन चाहेको पनि थिईन । तर म पलायननै भएको भन्ने हावा कुरा मलाइ नसोधी लेख्ने पत्रकारहरुलाई मेरो सत्य बुझाउंदैछु आज म !        


मेरो बजारमा उपस्थिति 
दुर्गा काफ्ले बिगत ८ बर्षदेखि बजारमाथि थियो र छ पनि । बजार बलियो नहुन्जेलसम्म दुर्गा काफ्ले बजारमै हुनेछ । दुइ पैसे समाचारले दुर्गा प्रसाद काफ्ले त के दुर्गाको रौँ पनि हल्लदैन । दुर्गा प्रसाद काफ्ले सधैं बलियो बजारका पक्षमा थियो र छ पनि । दुर्गाको माग भनेकै ब्रोकर लाइसेन्स लाइ देशभर पुर्याउनुपर्छ भन्ने नै हो । हुन त बैंकलाइ लाइसेन्स दिने कुरा साना लगानीकर्ताको पक्षमा छैन । अहिले घरमै बसेर एक कलका भरमा सेयर किनबेच हुन्छ । दुर्गा प्रसाद काफ्लेले पनि गरिरहेको छ । यो कुरा साना लगानीकर्ताले बुझ्नुपर्छ । भोलि लाइसेन्स बैंकलाइ दिंदा हालीमुहाली हुने बैंककै हो । हामी सबै सचेत हुनुपर्छ ।   बजार बैंकले लाइसेन्स पाएपछि बढ्छ भन्ने हल्ला मात्र हो । बजार १२०० सम्म जरुर पुग्छ ।  
विदेश काम गर्न गएको कुरा 
दुर्गा प्रसाद काफ्ले दुवै कतार काम गर्न गएको होइन । म मलेसिया, टर्की लगायत विभिन्न मुलुकमा घुम्न गएको थिएँ र अझै पनि जानेछु । केहि समयपछी म घुम्न सिङ्गापुर जाँदैछु । ८ बर्षदेखि व्यापार गरिरहेको मान्छे हो दुर्गा ।  दुर्गा पढेको मान्छे हो । उसलाई मजदुरी गर्नुपर्दैन । देश बनाउनुपर्छ भनेर गाउँमै व्यवसाय गरेको मान्छे हो दुर्गा । कसैले फुर्ती गर्नै पर्दैन ।
दुर्गाको क्वालिफिकेसन 
दुर्गा लिंकन विश्वविद्यालय, मलेसियाबाट एमबीए गरेको मान्छे हो । प्रख्यात अन्तराष्ट्रिय डिग्री एसीसीए पढिरहेको मान्छे हो । नवलपरासीको उद्योग वाणिज्य महासंघको सदस्य हो दुर्गा । चानचुन सम्झेर ढोल पिट्नेहरुले बुझे हुन्छ, ‘तिमीहरुजस्तो अनपढ र दरिद्र सोचको मान्छे होइन दुर्गा ।’    

साइबर मुद्धाको कुरा
साइबर मुद्धा लगाएर दुर्गाको रौँ पनि हल्लीदैन । दुर्गा काफ्लेलाइ साइबर कानुन अन्तर्गत मुद्धा हाल्ने खबर पढेपछि मैले पनि अर्थ सरोकार डटकमका पत्रकारलाई फोन गरेको थिएँ । मैले पनि समाचार नै पढेर उक्त खबर थाहा पाएँ । अर्थ सरोकार डटकमका सम्पादक मित्रले भन्न मिल्ने कुरा भन्नुभयो । नमिल्ने भन्नुभएन । कतिपय अवस्थामा स्रोत गोप्य राख्नुपर्छ भन्ने नियम हुँदोरहेछ मिडियामा । तर मलाइ मुद्धा हाल्न खोज्ने मान्छेबारे मैले अन्तबाट थाहा पाएँ । त्यस्ता मुद्धाले दुर्गा त के दुर्गाको रौँ पनि हल्लिने वाला छैन । यति हो कि उसको प्रतिक्रिया लिन म केहि समय सामाजिक सञ्जालबाट बाहिरिएँ । उसको हैसियत पनि बुझें । दुर्गा काफ्ले कुनै पनि हालतमा पलायन हुँदैन । हुनुपर्ने कारण पनि छैन ।       
किताब लेख्दैछु
दुर्गा प्रसाद काफ्ले किताब लेख्दैछ । साना लगानीकर्ताहरुले के के कुरामा ध्यान दिनुपर्छ, कहाँ कहाँ फसाइन्छ भन्ने कुरा सबै लेख्छु । सबैलाई सचेत बनाउँछु । बलियो बजारका लागि लड्छु । मलाइ साइबर मुद्धा हाल्ने भन्ने कुरा उठेको हो । म पनि मौन रहें त्यो बेला । सबै कुरा बुझें । अहिले मसँग कानुन, वा धेरै मान्छेको साथ छ। दुर्गा कसैसँग डराउने वाला छैन । यो बीचमा साइबर कानुन मैले पनि बुझें । मलाइ मुद्धा हाल्न लागेको समाचार सत्य थियो । केहि पत्रिकाले सो समाचार नै ‘हावा’ भएको समेत लेखे । तर त्यो हावा थिएन । मैले प्रतिवाद गर्छु भनेपछि ती महासय आफैं पछी हटे । आवश्यक परे फेरी लड्छु । तर बजार बलियो बनाएरै छाड्छु।
तस्विर आफैं बोल्छन्, हेरे हुन्छ !~ 

 

          

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: