×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका ‘ब्वाँसा’ हरुदेखि सचेत बनौं ! सरकारले ल्याएको ‘हाइड्रो’ परियोजनामा लगानी गरौँ, देश विकासमा योगदान गरौँ…

PRIME CA

सेयर बजारका ‘ब्वाँसा’ हरुदेखि सचेत बनौं ! सरकारले ल्याएको ‘हाइड्रो’ परियोजनामा लगानी गरौँ, देश विकासमा योगदान गरौँ…

२७ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दुर्गा प्रसाद काफ्ले 

म भनिरहेको छु । सुन्नेहरु सुनेर सचेत बनेकै छन् । मेरो विरोध गर्नेहरु गरिनै रहुन् ।  तर यथार्थ यहि हो, एफपीओ र राइटको खोलोले बजारनै बगाउने अवस्था आएको छ । नेपाललाइफको एफपीओ कसैले भर्न छुटाएको छैन । यसका लागि सेकेण्डरी मार्केटमा अरु संस्थाको सेयर बेच्नेहरु छन् । २० अर्वको आईपीओ पनि आउंदैछ । साना र नयाँ लगानीकर्ताहरुलाई अवसरको ढोका ती आईपीओहरु हुने कुरामा कुनै शंका छैन ।         
सचेत हौँ, बजारमा फरक अभ्यास चल्दैछ :
कुनै संस्थाको नाम लिने कुरा भएन । तर बजारमा अहिले कमजोर कम्पनीको सेयरको भाउ बढी छ । बढाइएको छ । जवरजस्त । देशकै सबैभन्दा खराब इन्सुरेन्स कम्पनीले बजार ब्रेक गर्दैछ । त्यहि सेयर महँगो हुँदैछ । कुनै निश्चित मान्छेको चलेखेलमा जवरजस्त त्यो इन्सुरेन्स कम्पनीको सेयरको भाउ माथि जाँदैछ । बढेपछी अहिले बढाउनेले नै बेच्ने हुन् । सचेत हुनुहोस्, यस्ता कम्पनीमा लगानी नगर्दा नै राम्रो हुन्छ । यो साना लगानीकर्ता फसाउने ठुलाहरुको खेल हो । 
हाइड्रोमा लगानी गरौँ 
हामीले त हाइड्रोमा लगानी गर्नु ठिक छ । १०० रुपैयाँमा मागेजति त्यो पनि सरकारको ग्यारेन्टी भएको सेयर आएपछि किन सेकेण्डरीमा कमजोर कम्पनीमा पैसा खन्याउने ? पैसा त कमाइन्छ नै सरकारले खुलाएको हाइड्रोको सेयरमा लगानी गर्दा आत्मसन्तुष्टि पनि हुन्छ । देश उज्यालो बनाउन आफ्नो योगदान महसुस गर्न मिल्छ । देश झिलीमीली हुनुमा हाम्रो योगदान रहन्छ । अनि पो आउँछ त मज्जा ! पैसा पनि आनन्द पनि ! कुलमानजस्ता देशभक्तहरुको अभियानमा हाम्रो साथ हुनेछ, समर्थन हुनेछ ।
सेकेण्डरी भन्दै उफ्रिनुपर्ने अवस्था छैन :
अहिले सेकेण्डरी बजार भन्दै उफ्रिनु पर्ने अवस्था छैन ।   सेयर फालाफाल आउंदैछ । त्यसैले महँगो किनेर डुब्ने काम नगरौं । सेयर बजारका ‘ब्वाँसा’ हरुले जसरी पनि फसाउन सक्छन् । यहाँ खेल ठूलो छ।  चलखेल ठूलो छ । त्यसैले हामीले अहिले महँगोमा सेयर किन्ने भन्दा ढुक्क हुने प्राइमरी सेयरमा लगानी गर्ने वा सरकारले लायाएको हाइड्रोको परियोजनामा पैसा हाल्ने गरौँ ।     
    
अन्त्यमा,
मैले त सचेत गराउने हो । यो मेरो व्यक्तिगत विचार हो । पैसा तपाईंको हो, त्यसैले सोचेर लगानी गर्नुहोस् । बाँकी त तपाईंकै मर्जी ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: