×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ४ कारण बजार १२०० मा आउँछ ! दिनगन्ती सुरु भइसक्यो (दुर्गा काफ्लेको विश्लेषण)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी ४ कारण बजार १२०० मा आउँछ ! दिनगन्ती सुरु भइसक्यो (दुर्गा काफ्लेको विश्लेषण)

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दुर्गा प्रसाद काफ्ले 

मैले बिगत केहि समय अघिदेखि नै नेपालको बजार एकदम कमजोर छ र बजार घट्छ भनीरहेको छु । बजार फुलाउने र साना लगानीकर्ताहरुलाई फसाउन पल्किएकाहरुले अनेक कुरा गरे । तर पनि सत्य यहि हो बजार घट्छ । अझै घट्छ । यसकारण पनि घट्छ कि बजार बढ्नुपर्ने कुनै पनि कारण छैन ।

१. ब्रोकरलाइ लाइसेन्स दिने भन्ने कुरा अगाडी आएको छ । बैंकले ब्रोकर लाइसेन्स नपाउने लगभग निश्चित छ । बैंकले ब्रोकर लाइसेन्स पाएपछि बजार बढ्छ भन्ने हल्ला थियो । त्यहि हल्लाले जवरजस्त फुलेको बजार थियो । अव त्यो सम्भावना पनि रहेन ।

२. बैंकमा तरलता अभाव छ । यतिसम्म अभाव छ कि बैंकहरुले चर्को ब्याज दिने स्किमहरु ल्याईरहेका छन् ।अव त सेयर किन्नुभन्दापनि बैंकमा पैसा राख्नु फाइदाजनक हुँदैछ । यो ब्याजदर अझै बढ्न सक्ने सम्भावना पनि छ ।
    
३ .बैंकमा आर्थिक संकटकाल लाग्ने अवस्था छ । गभर्नर लाचार छन् । नेप्से र धीतोपत्र बोर्ड हेरेर मात्र बसेका छन् । उनीहरुसँग कुनै विकल्प पनि छैन । यिनीहरुले माखो समेत मार्न सक्दैनन् ।

४. आर्थिक वृद्धिदर सुन्य प्राय छ । जताततै बिजोग छ । नेपाली लगानीकर्ता ‘भेडा’ जसरी लगानी गरिरहेका छन् । बुझेर लगानी गर्नेहरुको संख्या निकै कम छ । एससीबी ईबील, एनटिसीजस्ता महँगा सेयरहरुमा लगानी भइरहेको छ ।

बजार यिनै कारणले १२०० मा आउँछ । आउंदै छ छिट्टै नै । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: