
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मंगलबारदेखि सञ्चालनमा आउने भएको छ। दिउँसो १ बजेदेखि प्रसारण लाइन सञ्चालन ल्याउन लागिएको हो। हेटौंडा–कुलेखानी दोस्रो–स्युचाटार १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुनेछ।
आयोजना प्रमुख केदार सिलवालले मकवानपुरको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। मातातीर्थदेखि स्युचाटारसम्म जोड्न अझै १० दिन लाग्ने उनले बताए। प्रसारण लाइनको दायाँ बायाँ पर्ने घर भत्काउन शुरु भइसकेकाले सबै काम पूरा गरेपछि मात्रै स्युचाटारसम्म प्रसारण लाइन जोडिने छ।
भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्त्वपूर्ण मानिएको प्रसारण लाइन २०६८ सालमा सुरु भए पनि प्रभावित जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै अवरोध पुर्याउँदै आएका थिए। प्रसारण लाइन निर्माणका लागि आयोजनाले १९ घरपरिवारलाई एक करोड ८४ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ।
भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन यो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणले जनाएको छ। भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्त्वपूर्ण ठानिएको खिम्ती–ढल्केबर प्रसारण लाइन पनि एक साताभित्रै परीक्षण चार्ज गर्ने तयारी गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्