
काठमाडौं – नेपाल र भारतबीचको बढ्दो उर्जा व्यापारले गर्दा अबको २८ वर्षपछि सन २०४५ सम्ममा नेपालको कुल गार्हस्थ उत्पादन १३ हजार १ सय अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। नेपाल भारतबीचको विद्युत व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन अनुसार उक्त प्रक्षेपण हाल भइरहेको व्यापारभन्दा ३९ प्रतिशतले बढी हो।
यसबाहेक नेपाल र भारतबीचको विद्युत व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत मागपनि बढाउने अध्ययनले देखाएको छ। नेपालको प्रतिव्यक्ति विद्युत माग सन् २०१२ मा १ सय ३९ किलोवाटघण्टा प्रतिवर्ष रहेकोमा सन् २०४५ सम्ममा १५ सय किलोवाटघण्टा प्रतिवर्ष पुग्ने अनुमान गरिएको छ।
प्रतिवेदनले नेपालको जलविद्युत उत्पादन सन २०४५ मा ३४।४ गिगावाट पुग्ने आंकलन गरेको छ। यसरी विद्युतको प्रतिव्यक्ति माग बढ्नेबित्तिकै मानिसको जीवनस्तरमा सुधार आउने र यसले मानव विकास सूचकांकमा पनि सकारात्मक असर पार्ने विज्ञहरुले जनाए। नागरिक दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्