
काठमाडौँ – लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोधक बनेको आरोपमा नेपाल विद्युत प्राधिकरणले एकैसाथ ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।
प्राधिकरणले आफूमातहका २ हजार ४ सय ८० कर्मचारीको एकैपटक सरुवा गरेको हो । प्राधिकरणको इतिहासमै यति धेरै संख्यामा एकैपटक सरुवा भएको यो पहिलोपटक हो । मिटर बिगारेर विद्युत चोरी गर्ने कर्मचारी फक्राउ परेको विरोधमा उत्रनेहरुलाई छानीछानी सुरुवा गरिएको प्राधिकरण स्रोतले जनाएको छ । उनीहरुले चोरीमा संलग्नलाई छाड्न उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दबाब दिएका थिए ।
प्रहरीले आइतबार मात्र १३ अर्बको बिजुली चोर्ने कार्यमा संलग्न प्राधिकरणका वर्तमान र पूर्वकर्मचारी तथा केही व्यवसायीसमेत गरी १६ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्