Skip to content
LAXMI SUNRISE BANK

फेवा विकास बैंकको संचालन मुनाफा ६५ प्रतिशतले वृद्धि

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – फेवा विकास बैंक लिमिटेडले आव २०७३ ७४ को दोस्रो त्रैमाससम्ममा संचालन मुनाफा गत वर्ष सोही अवधीको तुलनामा ६५ प्रतिशतले वृद्धि गरी रु २८ करोड ५३ लाख आर्जन गर्न सफल भएको छ ।
सो अवधीमा बैंकले  निक्षेप गत वर्ष सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि गरी रु। १२ अर्ब ५९ करोड र कर्जातर्फ गत वर्ष सोही अवधीको तुलनामा २६ प्रतिशतले वृद्धि गरी रु ११ अर्ब १४ करोड पु¥याएको छ । कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले गराउनु भयो ।
बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक् ब्त्ः, क्ःक् बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राण्ट्रबैकमा निवेदन दिइएकोमा नेपाल राण्ट्रबैकवाट सैद्धान्तिक सहमती पत्र आइसकेको र दुवै बैकको साधारण सभाले पनि एक आपसमा गाभ्ने÷गाभिने ९मर्ज गर्ने० सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।
सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जर पश्चात कायम हुने चक्तापूँजी रु १ अर्व ८४ करोडकोे २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकवर्गले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK