
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भक्तपुर तलेजु मन्दिर परिषरमा आज दिउँसो आगलागी भएको छ । विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिरको जहुँ चोक र जिस्वँचोकस्थित सुवाल घरमा आगलागी हुँदा दाउरा, दलिन, काठको ¥याक र भाँडा जलेको सुवाल घरका नाइके पूण्यराम सुवालले जानकारी दिए ।
मन्दिरको दक्षिणतर्फ रहेको सुवाल घरमा दिउँसो अचानक आगलागी भएपछि नेपाली सेना , नेपाल प्रहरी र जुद्ध वारुण यन्त्र भक्तपुरको टोलीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिषर् भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिए।
तलेजुलाई बिहान भोग चढाउन प्रसाद पकाउनका लागि प्रयोग हुने दुईतले सुवाल घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्