
काठमाडौं – नेपालमा पत्रकार महासंघमा राजनीतिक आस्थाका आधारमा गैर पत्रकारलाई सदस्यता बाँडिएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले आपत्ति जनाएको छ । कांग्रेस निकटको पत्रकार संगठन प्रेस युनियन, एमाले निकटको प्रेस चौतारी र माओवादी केन्द्र निकटको प्रेस सेन्टरले भागवण्डा गरेर आफू निकटका गैरपत्रकारहरुलाई पनि सदस्यता बाँडेको भन्दै आपत्ति जनाएको हो ।
नेकपा क्रान्तिकारी माओवादी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले शुक्रबार विज्ञप्ति जारी गरी पत्रकार महासंघमा तीन दलीय सिण्डिकेट अझै सघन रुपमा लादिएको आरोप लगाए । आम श्रमजीवि पत्रकारहरुको चाहना विपरीत महासंघमा तीन दलीय सिन्डिकेट तोडिएन, बरु अझ सघनरुपमा सिन्डिकेट लादिएको छ विज्ञप्तिमा भनिएको छ पत्रकार महासंघलाई नेपाली कांग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी र नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका नेता कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइएको छ।
अहिले प्रमुख तीन दल निकट पत्रकार संगठनबीच महासंघ कब्जा गर्ने होड चलेको र अन्य पार्टी निकट पत्रकार र स्वतन्त्र पत्रकारलाई अघोषित रुपमा निषेध गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ। पत्रकार महासंघको विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै पनि आस्थाको आधारमा सदस्यता लिनबाट ठाउँ ठाउँमा बञ्चित गरिएको छ विज्ञप्तिमा भनिएको छ आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर नयाँ सदस्यहरु गैर पत्रकारहरुको भर्ती गर्ने खेल भद्दा रुपमा महासंघको विधानविपरीत चलिरहेकै छ।
क्रान्तिकारी पत्रकार महासंघले पत्रकार महासंघका शाखाहरुले नयाँ सदस्य छनोटका लागि अपनाएको मापदण्ड र छनौट गरिएका सदस्यहरुको नाम सार्वजनिक गर्न माग गरेको छ। उसले सर्वदलीय र सर्वपक्षीय अधिकार सम्पन्न छानविन आयोग गठन गरी थपिएका नयाँ र पुराना सदस्यको पेशागत संलग्नता पत्ता लगाई क्रियाशील नरहेकाहरुको सदस्यता खारेज गर्न पनि माग गरेको छ ।
उल्लेखित विषयहरुप्रति गम्भीर भएर त्यसतर्फ महासंघको नेतृत्वले तत्काल कदम नचाले निर्धारित समयमा चुनाव हुन कुनैपनि हालतमा सम्भव छैनु क्रान्तिकारी पत्रकार महासंघले चेतावनी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्