×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाल पत्रकार महासंघ केन्द्रीय सतितिले महासंघका जिल्ला, प्रतिष्ठान र एसोसिएटको अधिवेशन आह्वान गरेको छ । बुधबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । महासंघले जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएटको अधिवेशन ८ चरणमा सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका यस्तो छ
२०७३ फागुन ३ गते
पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मुस्ताङ र मनाङ ।
फागुन ७ गते
पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।
फागुन १२ गते
मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।
फागुन १७ गते
मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।
फागुन २२ गते
सुदुरपश्चिम क्षेक्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।
फागुन २४ गते
काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरु ।
फागुन २५ गते
एसोसिएट तर्फका सबै संस्थाहरु ।
फागुन २६ गते
काठमाडौं, भक्तपुर, ललितपुर तथा कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: