अर्थ सरोकार २४ पुष २०७३, आईतवारJuly 1, 2021 अर्थ सरोकार २४ पुष २०७३, आईतवारJuly 1, 2021 काठमाण्डौ – नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि वीरगन्ज भन्सार नाकामा अलपत्र परेका छन् । कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र परेको खबर आजको कारोबारमा छ । विगतमा भारतीय बुलेटहरूले मात्र ग्यास आयात गर्दै आएकोमा सरकारले गतवर्ष नेपाली बुलेटलाई पनि अनुमति दिएपछि पहिलोपटक उद्योगीले बुलेट ग्यास लिएर आएका थिए । तर, अलपत्र परेपछि व्यवसायीहरू निराश बनेका छन् । नेपाली नम्बरका ग्यास बुलेट ल्याउन बजेटमा दुईतिहाई कर छुट पाइने व्यवस्था भए पनि प्रक्रिया नमिलेको भन्दै भन्सार कार्यलयले नछुटाउदा लामो समय देखि बुलेट नाकामै अलपत्र परेका थिए । भन्सार विभागले बुलेट छुटाउनका लागि प्रक्रिया अगाडि बढाए पनि ग्यास भने अझै नेपाल भित्रिएको छैन । नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले लामो समयदेखि नाकामा रोकिएका ग्यास अझै नछुटेको बताए । “बुलेट छुटाउनका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउदा पनि भन्सार पास नहुँदा नाकामै रोकिएको छ,” उनले भने, “अर्थमन्त्रालय, भन्सार विभाग र वीरगन्ज भन्सार कार्यलयको समन्वय नहुँदा महिना दिनदेखि ग्यास नाकामा रोकिनु परेको हो ।” बैंकबाट व्याजमा रकम निकालेर ६० देखि ७० लाख रुपैयाँको लागतमा ग्यास बुलेट निर्माण गरेकाले पनि यसबाट उद्योगीलाई धेरै नोक्सानी भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्