
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरीद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन् । मङ्सिर र पुस महीना अदुवा खनेर बिक्री गर्ने समय हो ।
गतवर्ष यही याममा अदुवा प्रतिकिलो रू ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो रू। १० भन्दा बढी दिन नमानेको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेल बताउँछन । ‘सरकारले यहाँका किसानको समस्या समाधान गर्न पहल गरोस’ उनले भने ।
भण्डारण गरेको अदुवा बिग्रने किसानलाई चिन्ता छ । गतवर्ष प्रति मन रू। एक हजार ५ सय का दरले बिक्री गरेको अदुवा अहिले रू। चारसयमा समेत बिक्री हुन नसकेको सराङडाँडा– ५ का भक्त चौहानले बताए । ‘धानखेती छोडेर अदुवा खेतीतर्फ लागियो, अदुवा किन्न व्यापारी नआउँदा मारमा पर्यौँ’, उनले भने ।
अदुवा बिक्री हुने मुख्य याम मङ्सिरदेखि माघ महीनासम्म हो । तर अहिलेसम्म अदुवा बिक्री हुने छाँटकाँट देखिएको छैन । पाँचथर, ईलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका किसान अदुवा बिक्री हुन नसकेपछि मारमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्