
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य सुधार गरेको प्रगति विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ७६ करोड २७ लाख रुपैयाँ कमाई गरेको बैंकले यस अवधिमा १८ दशमलब ८१ प्रतिशतले मुनाफा बढाएर ९० करोड ६२ लाख मुनाफा आर्जन गरेको छ।
यस अवधिमा बैंकले ८४ अर्ब १२ करोड निक्षेप संकलन गरि ७१ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ८० अर्ब ३४ करोड निक्षेप संकलन गरि ६७ अर्ब ६७ करोड कर्जा परिचालन गरेको थियो।
यस अवधिमा बैंकले २६ दशमलव ७३ प्रतिशतले बढाएर १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १२ दशमलव ५३ प्रतिशतले बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ७ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। यस अवधिमा बैंकले १९ करोड ५० लाख रुपैयाँ खराब कर्जा असुल्न सफल भएको भने प्रोभिजनमा २७ करोड रुपैयाँ राखेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब ७१ प्रतिशतबाट घटेर १ दशमलब ६१ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६ दशमलव ६९ गुणा, नेटवर्थ प्रति शेयर १ सय ३४ दशमलव ४२ रुपैयाँ, सिडी रेसियो ७८ दशमलब ४७ प्रतिशत रहेको छ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर वितरण गरेको हो। बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब १५ करोड पुगेको हो। बैंकले रिलायबल डेभलपमेन्ट बैंक किन्ने र प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको छ। प्राप्ति पश्चात बैंक ८ अर्ब चुक्ता पुंजी पुर्याउने दोस्रो बैंक बन्ने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्