Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमइलाई प्यासिफिक खरिद गर्न अन्तिम स्वीकृती

अर्थ सरोकार

ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई किन्न अन्तिम स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिकाृ बैठकले ग्लोबल आईएमईलाई प्यासिफिक किन्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यी दुई संस्थाबिच गत असार एक गते एक्विजिसन गर्ने सहमति भएको थियो । 
प्राप्तिसम्बन्धी डीडीए प्रतिवेदनअनुसार, प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडको १०० कित्ता सेयर हुनेले ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता सेयर पाउने गरी सेयर स्वाप अनुपात तय भएको छ । १३ करोड रुपैयाँ चुक्तापुँजी भएको प्यासिफिकलाई खरिद गरेपश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पुँजी छ अर्ब २५ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । 
आठ अर्ब पुँजी पुर्याउने दौडमा रहेको ग्लोबल आइएमई बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी रिलायबल डेभलपमेन्ट बैंकलाई पनि एक्वायर गर्दैछ । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससँग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भई रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।
प्यासिफिक र रिलायबल दुबैलाई खरिद गरेपछि ग्लोबल आईएमई बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । जसअन्सार, नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुँजी आठ अर्ब पुर्याउने यो बैक दोस्रो हुनेछ । आठ अर्ब पुँजी पुर्याउने निजीस्तरको पहिलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK