Skip to content
LAXMI SUNRISE BANK

सुन तोलाको दुई सय रुपैयाँ बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा तोलामा दुई सय रुपैयाँले सुनको भाउ बृद्धि भएको हो।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य ५४  हजार आठ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५४ हजार पाँच सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने आठ सय पुगेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि हुँदा सुनको मुल्यमा गिरावट आएको थियो। अहिले फेरि डलरको मूल्यमा आएको मन्दिसंगै सुनमा आकर्षण बढेको सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK