Skip to content
LAXMI SUNRISE BANK

३३ किलो सुन काण्डले तानिए एसएसपी खत्री हेडक्वार्टरतिर

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्री सोमबार प्रहरी प्रधान कार्यालय तानिएका छन्। गत साता ३३ किलो सुन विमानस्थलको जाँचपासपछि बरामद भएपछि छानविनका लागि भन्दै सोमबार एसएसपी खत्रीलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।
 युएईबाट आएको सुन नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पिंगलास्थानबाट बरामद गरेपछि कर्मचारीहरुलाई छानविनको दायरामा राखेपछि खत्रीलाई प्रधान कार्यालय बोलाइएको स्रोतले जानकारी दियो।  
विमानस्थलको सुरक्षाको कमाण्ड भने डिआइजी गोविन्द निरौलाले सम्हाल्दै आएका छन्। उनलाई भने प्रधान कार्यालयले फिर्ता बोलाएको छैन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK