Skip to content

सुनचाँदीको मूल्य घट्यो

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर  प्रति तोला ५२ हजार  ७ सयमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा १० रुपियाँले घटेर ७ सय  ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १  सय ८०  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ८५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्