- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार १ सय ७० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७३ रुपैयाँमा कारोबार भईरहेको छ।