- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पाचौ दिन बिहिबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार ५ सय ९५ रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।