
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार ९९ दशमलव ९९ प्रतिशतको मूल्य बढेको छ भने ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य स्थिर छ । सोमबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भई रहेको छ । ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य स्थिर रहदै प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ ।
चाँदी पनि स्थिर रहदै प्रति तोला ७ सय ९५ मा कारोबार भई रहेको छ ।
हिजो सोमबार देखि बजारमा २ थरि छापावाल कारोबार आएको थियो । सोमबारदेखि गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले बिजपाटीलाई जानकारी दिएका छन।
अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा सोमबार देखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको संघका निर्वतमान अध्यक्ष शाक्यले बताए। उनका अनुसार ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ।
आज मंगलबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय १० तोकिएको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४७ हजार १ सय ५० कायम गरिएको छ ।
बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्