
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रहरीले स्थलमार्ग र हवाइमार्गहुँदै भइरहेको सुनको तस्करीमाथी निगरानी बढाएपछि बजारमा सुनको अभाव देखिन थालेकोछ। तस्करीको सुनको भरमा बजार चलाउँदै आएका ब्यापारीले अर्डर अनुसारको गहना बनाउन सुन पाउन छाडेपछि पसलै बन्द गरेर आन्दोलनमा उत्रिन थालेका छन्।
काठमाडौंको बजारमा तत्काल सुन अभाव देखिएको छैन। तर रुपन्देहीका सुनचाँदी व्यवसायी दैनिक २ किलो सुन समेत नपाएपछि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
माग अनुसारको सुन नदिएको भन्दै सुनचाँदी व्यवसायी सङ्घ रुपन्देहीले पसल बन्द गरेका छन्। सरकारसमक्ष मागअनुसार सुनको आपूर्ति गर्न भने पनि सुनुवाइ नभएको उनीहरुको दावी छ। सुन व्यापारको सिजमा पनि सुन नपाएकाले पसल बन्द गर्नु परेको सुनचाँदी व्यवसायी सङ्घ बुटवल शाखा अध्यक्ष दीपक विश्वकर्माले बताए। उनले बिहीबार पनि पसल नखोल्ने बताए ।
अर्डर भएअनुसार गहना बनाउन सुन नपाइएको उनीहरुले बताएका छन्। रुपन्देहीमा दैनिक दुई किलो सुनको माग छ। बैध कोटामै दैनिक २५ किलो पुग्दैन ।
नेपालभर दैनिक ४० किलो सुनको माग भए पनि सरकारले दैनिक १५ किलो मात्रै विक्रीको अनुमति दिँदै आएकोछ। बाँकी अभाव तस्करीको सुनले पुरा गर्दै आए पनि पछिल्लो समेत हवाइमार्ग र स्थलमार्गहुँदै नेपाल भित्रिएको तस्करीको सुन पक्राउ परेपछि बजारमा सुन अभाव बढेको हो।
पछिल्लो समय केरुङ्गहुँदै स्थलमार्गबाट आएको र हवाई मार्गहुँदै त्रिभुवन विमानस्ठलबाट भित्रिएको सुन प्रहरीले बरामद गरेको थियो।
पुस अन्तिम साता प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले त्रुभुवन विमानस्थलबाट तस्करी भएर बाहिरिएको ३३ किलो सुन बरामद गर्दै ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेकोछ। तस्करीमा संलग्न रहेको अभियोगमा तस्करी समुहका सदस्य र सरकारी कर्मचारी पक्राउ गरेर ब्युरोले अनुसन्धान गरिरहेकोछ।
तस्करीमा सघाएको भन्दै विमानस्ठलका एसएसपी श्याम खत्रीलाई हेडक्वाटरले सरुवा गरेर अनुसन्धान गरिरहेको छ।प्रहरी प्रधान कार्यालय ,गृहमन्त्रालय र अर्थमन्त्रालयका अधिकारीले सो सुन तस्करीमा सक्रिय बलियो समूहको संलग्नता रहेको दावी गरे पनि समूह को हो खुलाउन सकेको छैन।
यहीविच महानगरीय प्रहरी बृत्त बालाजुले रसुवाको केरुङ्गहुँदै तस्करी भएर काठमाडौं आइपुगेको १५ किलो सुन बरामद गरेको थियो। त्यसका चालक मात्रै पक्राउ परेका छन्। सुन कसले ल्याएको हो त्यो अझै खुलेको छैन।
महानगरीय प्रहरी अपराध महाशाखाले करिव ४ करोड ५० लाख नेपाली रुपैंया बराबरको विदेशी मुद्रा सहित ३ चिनिया र एक नेपालीलाई पक्राउ गरेको थियो । सो पैसा सुन तस्करीवापत भुक्तानीको भएको दावी गरे पनि पुष्टीका आधार सार्वजनिक भएको छैन।तीनै घटनामा प्रहरीले संगठित अपराध एेन अनुसार अनुसन्धान अगाडि बढाइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्