
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – गत साता स्थानीय बजारमा सुनको भाउ रू १ हजारले बढेको थियो । केही सातादेखि घटिरहेको सुनचाँदीको बजार गत साता भने उकालो लागेको थियो । आइतवार रू ५२ हजार ७ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू ५३ हजार ७ सयमा किनबेच भएको हो ।
साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार १ सय ७४ दशमलव ६० डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ८ रूपैयाँ ९६ पैसा रहेको छ । गत साता चाँदीको भाउ २५ रुपैयाँले बढेको हो ।
सोमवार सुनचाँदीको मूल्य स्थिर रहको थियो । मङ्गलवार सुनको भाउमा रू। २ सयले बढेर रू ५२ हजार ९ सयमा किनबेच भएको थियो । बुधवार मूल्यमा रू ३ सय बढेको थियो । बिहीवार मूल्य पुनः रू ३ सयले बढेर रू ५३ हजार ७ सयमा किनबेच भएको थियो । शुक्रवार सुनको मूल्य रू २ सयले बढेको हो ।
आइतवार रू ७ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य अन्तिम दिन शुक्रवार भाउ बढेर रू ७ सय ८० मा पुगेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्