- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५३ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय १० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ६९ रुपैयाँमा कारोबार भईरहेको छ।