
काठमाडौं – चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । १५ किलो सुनसहित गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो । गाडीको इन्जिनमा रहेको भागमा ब्याट्रीको फलाममा लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको तामाङले बताए ।
सवारी साधनलाई चेक गर्ने क्रममा प्रहरीले भक्तपुर सुयृविनायक नगरपालिका ११ बस्ने रविन्द्र भुजेलले चलाएको ना१ ज ४९६४ नं। को गोसाईकुण्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा काठमाडौ चल्ने टाटा सुमोबाट सुन बरामद गरेको हो ।
अवैध वस्तु राजधानीमा ल्याउदै गरेको सूचनाको आधारमा प्रहरीले चेकिङमा कडाई गरेको थियो । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुवाट खटिएको प्रहरी टोलीले रसुवाबाट आउने सवारी साधनको चेकजाँचका क्रममा १५ किलो सुन बरामद गरेको हो।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार गाडीको इन्जिनमा लुकाई छिपाई राखेको अवस्थामा विस्कुट आकारको १५ वटा टुक्रा भेटिएपछि चालक भुजेलमाथि अनुसन्धान भइरहेको छ । बरामद भएको सुनको बजार मूल्य ७ करोड २ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्