×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा यसरी पक्राउ पर्यो १५ किलो सुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मध्यरातमा यसरी पक्राउ पर्यो १५ किलो सुन

Artha Sarokar

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । १५ किलो सुनसहित गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो । गाडीको इन्जिनमा रहेको भागमा ब्याट्रीको फलाममा लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको तामाङले बताए ।
सवारी साधनलाई चेक गर्ने क्रममा प्रहरीले भक्तपुर सुयृविनायक नगरपालिका ११ बस्ने रविन्द्र भुजेलले चलाएको ना१ ज ४९६४ नं। को गोसाईकुण्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा काठमाडौ चल्ने टाटा सुमोबाट सुन बरामद गरेको हो ।
अवैध वस्तु राजधानीमा ल्याउदै गरेको सूचनाको आधारमा प्रहरीले चेकिङमा कडाई गरेको थियो । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुवाट खटिएको प्रहरी टोलीले रसुवाबाट आउने सवारी साधनको चेकजाँचका क्रममा १५ किलो सुन बरामद गरेको हो।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार गाडीको इन्जिनमा लुकाई छिपाई राखेको अवस्थामा विस्कुट आकारको १५ वटा टुक्रा भेटिएपछि चालक भुजेलमाथि अनुसन्धान भइरहेको छ । बरामद भएको सुनको बजार मूल्य ७ करोड २ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी