
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सुन तस्करीमा संलग्न भन्सारका दुईजना कर्मचारी पक्राउ परेका छन् । उनिहरुलाई सुन तस्करीको सेटिङ मिलाएको आरोपमा पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले पक्राउ गरेका तस्कर, भरिया र तस्करीको सुन नेपालमा बाँडफाँड गर्ने व्यक्तिको बयानको आधारमा सीसी टिभीको फुटेजमा संलग्नता भएको देखिएपछि भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका ढकाल र यादव सुन तस्करीको सेटिङ गर्ने मुख्य व्यक्ति भएको प्रहरीले बताएको छ । सुन बोक्ने भरिया, सुन रिसिभ गर्ने व्यक्ति, सुन कसलाई कतिदिने भनेर भाग लगाउने व्यक्ति पनि पक्राउ परीसकेको उच्च स्रोतले बतायो ।
स्रोतका अनुुसार ‘सेटिङ मिलाउने अधिकारी पक्राउ परे, सुन कसको भन्ने पनि खुलिसक्यो तर उनिहरु प्क्राउ पर्न बाँकी रहेकोले गोप्य राखिएको छ । त्यो पनि छिटै सार्वजनिक हुने सम्भावना छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्