Skip to content
LAXMI SUNRISE BANK

साताको पहिलो दिन सुनचाँदीको मुल्य बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन आइतबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार २  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भई रहेको छ ।
चाँदी  तोलामा ५ रुपियाले बढेर प्रति तोला ८   सयमा कारोबार भई रहेको छ  ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५   तोकिएको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४७ हजार २ सय ४० रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८  रुपियाँ ५ तोकेको छ । 
गत हप्ता देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा गत हप्तादेखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो ।  ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK