
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भई रहेको छ ।
चाँदी तोलामा ५ रुपियाले बढेर प्रति तोला ८ सयमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ तोकिएको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४७ हजार २ सय ४० रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८ रुपियाँ ५ तोकेको छ ।
गत हप्ता देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा गत हप्तादेखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो । ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्