×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुनको मूल्य वृद्धि

Artha Sarokar

११ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको तेस्रो दिन मंगलबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ६  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५५ हजार ७ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १  सयले बढेर प्रति तोला ५५ हजार ४  सयमा कारोबार भई रहेको छ ।

चाँदी  स्थिर रहदै प्रति तोला ८   सयमा कारोबार भई रहेको छ  ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ७ सय ५५ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४७ हजार ४ सय ९५ रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८  रुपियाँ तोकेको छ ।

गत हप्ता देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा गत हप्तादेखि एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो ।  ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ।

बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्। 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी