Skip to content
LAXMI SUNRISE BANK

सिआइबीद्वारा ठूलो परिमाणमा सुन बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । स्रोतका अनुसार एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो ।
ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको डिआइजी नवराज सिलवालले जानकारी दिए। सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका अर्का एक जनालाई पक्राउ गरिएको उनले बताए।
लगेजभित्र प्लाष्टिकले र्‍याप गरेको सुन प्रहरीले बरामद गरेको हो। विमानस्थलको सुरक्षा जाँच पार पारेर शाही निस्कन लाग्दा सुन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
लगेजबाट २६ वटा सुनका विस्कुट बरामद गरिएको छ। अरु र्‍याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए। स्रोतले भन्यो, ‘प्लाष्टिकमा र्‍याप गरेर ल्याइएको सुन करिब १५(२० किलो भएको हाम्रो अनुमान छ । ठ्याक्कै कति किलो छ हेर्दैछौं ।’
सीआईबीले शाही र सुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK