×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरण : नेता र व्यापारी छानबिनको दायरामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुन तस्करी प्रकरण : नेता र व्यापारी छानबिनको दायरामा

७ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी, महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विदेशी मुद्रासहित पक्राउ परेका भरियाको बयानपछि व्यापारी र विभिन्न राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको हो। 
 सामान्य आयआर्जन भएका सर्वसाधारण प्रलोभनमा परेर भरियाका रूपमा प्रयोग भए पनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ। राजनीतिमा आबद्ध केही व्यक्तिले पछिल्लो पटक बरामद डलर र सुनबारे चासो दिएपछि प्रहरीको अनुसन्धान पाटो त्यसतर्फ मोडिएको हो। तस्करीसम्बन्धी अनुसन्धानमा क–कसले चासो दिए भन्नेबारे अनुसन्धान अधिकारीले खुलाउन चाहेनन्।
सपिङ सेन्टर, सुनचाँदी व्यवसायी, मुद्रा सटही केन्द्र, होटल्रेस्टुरेण्ट, ट्राभल एजेन्सीलगायतका सञ्चालक र पर्दापछाडि उनीहरूलाई सघाइरहेका नेता्कार्यकर्ता प्रहरीको निगरानीमा परेका छन्। ‘राजनीति र व्यापार्व्यवसायको आवरणमा सुन तस्करी गर्नेमाथि विशेष अनुसन्धान थालेका छौं’ काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने,एकदशक अघिसम्म सामान्य जीवनयापन समेत गर्न नसक्नेहरू रातारात धनाढ्य बन्नुको पछाडि तस्करी नै प्रमुख कारण हुनसक्छ। ०६२ ६३ पछि शक्तिको आडमा अपराध गरेर अस्वभाविक रूपमा सम्पत्ति जोड्नेहरू बढ्दै गएको एसपी कार्कीले बताए।
एक दशक अघिसम्म दैनिक गुजारा चलाउन मुस्किल पर्नेहरू ‘नव–धनाढ्य’का रूपमा देखिएको एसपी कार्कीको भनाइ छ। दुई साता अवधिमा ४९ केजी अवैध सुन र ५ करोड रूपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिको बयानपछि प्रहरीले शक्तिको आडमा अपराध गर्नेमाथि छानविन अघि बढाएको हो। ब्युरो, महाशाखा र काठमाडौं प्रहरीले तस्करीमा संलग्नविरुद्ध छुट्टाछुट्टै रूपमा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। 
अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पनि डलर र सुन तस्करीमा शक्तिकेन्द्रको मिलेमतो रहेको बताए। ‘शक्तिको आडबिना सुन र डलर तस्करी सम्भव नै हुँदैन’, एसएसपी खनालले भने, ‘त्यस्ता व्यक्ति उद्योगी, व्यापारी, नेता, सामाजिक अभियन्तालगायत विभिन्न आवरणमा सक्रिय भइरहेका देखिन्छन्।
यसअघि बरामद भएका सुन तथा विदेशी मुद्रा राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाउँदै आएको प्रहरीले यसपटक भने अदालतको आदेश लिएर दशी प्रमाणका रूपमा आफैसँग राखेको छ। अनुसन्धान प्रभावित हुनसक्ने भन्दै छानबिनको दायरामा रहेको उच्च तहका व्यक्तिको विवरण गोप्य राखिएको प्रहरीले जनाएको छ।
पुस २१ गते ब्युरोले ३४ केजी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ३ जनालाई पक्राउ गरेको थियो । त्यसको २ साता नबित्दै  कलंकी र नागढुंगाबाट काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाले सुन र विदेशी मुद्रासहित ५ जनालाई पक्राउ गरेको थियो। कारोबार दैनिकबाट साभार गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: