×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बढ्यो सुनको मूल्य

Artha Sarokar

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४ हजार ८  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बह्दर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा१ सयले बढेर प्रति तोला ५४  हजार ६ सयमा कारोबार भई रहेको छ । 
चाँदी   प्रति तोला ८  सयमा कारोबार भई रहेको छ  ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७   हजार ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४६ हजार ८  सय १० रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८ रुपियाँ तोकेको छ । 
यहि माघ ३ देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो। हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले बजार भाऊ दुई थरी कायम गरिएको हो ।  ९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने गर्दछ। 
बैंकहरुले व्यवसायीहरुलाई ९९ दशमलव ९९ प्रतिशतको सुन उपलब्ध गराएको भएपनि ग्राहकहरुले राम्रोसंग नबुझ्ने बेलासम्म कारोबार गर्न केहि दिन अन्यौल हुने सुन व्यवसायीहरुले बताएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी