
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्रमख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।
ज्ञवालीसँग २ पटक स्पष्टिकरण मागेको सरकारले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई हटाएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।
ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ज्ञवालीले एमालेको निर्देशन अनुसार काम गरेको भन्दै उनीसँग स्पष्टीकरण सोधेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्