
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ग्रामीण भेगमा रहेका कृषि तथा पशु कार्यालयमा कर्मचारी नबस्ने भएका कारण यहाँका किसान प्राविधिक परामर्श पाउनबाट बञ्चित हुने गरेका छन्। अधिकांश ग्रामीण क्षेत्रका कृषि तथा पशु सेवा कार्यालय लामो समयदेखि बन्द भएको सर्वसाधारणको गुनासो छ।
उदयपुरको ११ इलाकामा सरकारले कार्यालय स्थापना गरे पनि एक दुई वटाले मात्र सेवा दिने गरेको राष्ट्रिय कृषक समूह महासंघ नेपाल उदयपुरका जिल्ला सचिव कुशल राउतले बताए। ‘कृषकहरुलाई निःशुल्क परामर्श दिने, बिउ उपलब्ध गराउने र चौपायाको उपचार गर्ने सरकारी नीति भए पनि किसाले ती सेवा पाएका छैनन्।’ उनले भने, ‘अधिकांश इलाका पशु तथा कृषि कार्यालय कर्मचारीविहीन भेटिन्छन्।’
सरुवा भएकाहरू ग्रामीण क्षेत्रमा जान नमान्ने कारण कर्मचारी अभाव भएको जिल्ला कृषि कार्यलय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले जानकारी दिए। ‘कर्मचारी अभाव छ ।
एउटै व्यक्तिले ४ र ५ गाविस हेर्नु पर्छ’, अधिकारीले भने, ‘संधै फिल्डमै रहने कारण कार्यालय नियमित गर्न सकिएको छैन।’ कर्मचारी नबस्नाले कतिपय कार्यालयसमेत जिर्ण बनेको प्रमुख अधिकारीको भनाइ छ। जिल्लाको कटारी, रामपुर, बेल्टार, पोखरी रौता र लेखगाउँ गाविसमा रहेका कृषि सेवा केन्द्र कर्मचारीविहीन छन्।
ती कार्यालयको सम्पर्क केन्द्र हर्देनी, पञ्चावती, बाराह, र त्रियुगा नगरपालिकाको देउरीमा रहेका छन्। कर्मचारी नबस्ने भएका कारण कतिपय कार्यालयलाई झाडीले ढाकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्