
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले एकपछि अर्को गर्दै बिज्ञप्ती निकाल्न थालेपछि राजनीतिक बृत्तमा तरङ फैलिन थालेको छ । ६ पुसमा बाह्य शक्तिका कारण देश कमजोर र विभाजनको संघारमा पुगेको बताएका पूर्वराजाले पृथ्वी जयन्तीका अवसरमा देश समृद्ध होइन देशै नरहने अवस्थामा पुगेका बताएका छन् ।
‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं पुर्वराजाले आफ्नो बिज्ञप्तीमा भनेका छन ‘तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं। दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।’
अघिल्लो बिज्ञप्तीमा विदेशी हस्तक्षेप भनेका पूर्वराजाले यसपटक देशभित्रकै राजनीतिक दलका कारण नेपाल बिभाजनको संघारमा पुगेको बताए । उनले राजनीतिक दलका कारण देश अत्यन्त जटिल अबस्थामा पुगेको बताउँदै अब चुप लागेर नबस्ने बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
पूर्वराजा पछिल्लो समय निकै सक्रिय देखिएका छन् । उनले राजनीतिक दलहरुमाथी लगातार प्रहार पनि गरिरहेका छन् । राजनीतिक दलहरुले पनि यसलाई राजाको सक्रियताका रुपमा लिएका छन् । केही समय पहिले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा आफ्नो गुमेको विरासत पाउन विदेशीहरुसँग नियमित भेटघाट गरिरहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्