
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरणको जवाफ आइतबार मात्रै पेस गर्ने भएका छन्। पुनर्निर्माण प्राधिकरणको काम कारबाही सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई सोधिएको पहिलो स्पष्टीकरण चित्त बझ्दो नभएपछि सरकारले बिहीबार दोस्रो पटक २४ घण्टे स्पष्टीकरण माग गरिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बिहीबार नै ज्ञवालीलाई दोश्रो स्पष्टीकरण सोध्ने जानकारी दिएको थियो। तर प्राधिकरणका प्रेस संयोजक भुवन केसीका अनुसार शुक्रबार मात्रै प्राधिकरणमा दोस्रो स्पष्टीकरण दर्ता भएको छ। ुआज सरकारको तर्फबाट सोधिएको दोस्रो स्पष्टीकरण दर्ता भएको छ, आज यस विषयमा छलफल हुन्छ, भोलि शनिबार भएको कारण आइतबार मात्रै सुशील सरको तर्फबाट स्पष्टीकरण पेस हुने छु प्रेस संयोजक केसीले थाहाखबरसँग भने।
यस अघि एक हप्ता समयावधी दिएर गत पुस १४ गते ज्ञवालीलाई स्पष्टीकरण सोधिएको थियो। ६ दिन पछाडि ज्ञवालीले सरकारलाई स्पष्टीकरण बुझाएकोमा चित्त बुझ्दो नभएको भन्दै विहीबार पुन २४ घण्टे स्पष्टीकरण मागिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्