Skip to content
LAXMI SUNRISE BANK

सिइओ ज्ञवालीले बुझाए फेरी स्पष्टीकरण

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आइतबार सरकारलाई फेरि स्पष्टीकरण बुझाएका छन्। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका ज्ञवालीले सरकारले सोधेको प्रश्नको जवाफ सचिव दिनेश थपलिया मार्फत पठाएका हुन्।
स्पष्टीकरण पत्र बुझाएर फर्किँदा सिइओ ज्ञवालीले सरकारले यसअघि सोधेकै जिज्ञासाको जवाफ स्पष्ट पार्न भनेकाले दोहोर्‍यार जवाफ लेखेर पठाएको बताए। ुपुरानै जिज्ञासा थियो। थप स्पष्ट पार्न भनेकाले जवाफ लेखेर पठाएको हुँ उनले भने  यसबाट सरकार सन्तुष्ट हुन्छ भन्ने विश्वास लिएको छु।
सिइओ ज्ञवालीले सरकारले आफूलाई पुनर्वास, अनुदान र समन्वय सम्बन्धमा  जिज्ञासा राखेको बताएका छन्। सरकारले सिइओ ज्ञवालीलाई गएको बिहबार साँझ दोश्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर ज्ञवालीले शुक्रबार बिहान पत्र पाएको र शनिबार बिदा भएकाले आइतबार जवाफ पठाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव दिनेश थपलियाले सिइओ ज्ञवालीले पठाएको जवाफ मुख्य सचिवलाई फरवार्ड गरेको जानकारी दिए।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK